गीत

तिम्रो माया तमोर को सङ्गलो पानी जस्तो !
अरुण बनि मिसिएर प्रिती लाइदिउ जस्तो !!


शान्त तिमि निश्चल  निर्मल चोखो तिम्रो मन !
लाग्छ तिमी भित्रै     छ हौ     मेरो    आफ्नोपन !!
तिम्रो माया सुनकोशीको सङ्गलो पानी जस्तो !
दुधकोशी भै मिसिएर    प्रिती    लाइदिउ जस्तो !!


लिखु अनि    कोकाहा      झैँ      तिमि     सुसाउछौ !
भेडेटारको हावा     संगै       तिमि       मुस्काउछौ !!
तिम्रो माया बरुण को   सङ्गलो     पानी जस्तो !
भोटेकोशी बनि प्रिती        लाइदिउ           जस्तो !!
सप्तकोशी बनि प्रिती        लाइदिउ           जस्तो !!!

Comments

Post a Comment

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई