मनको आँखा खोली हेर

सबै चीज  राम्रा लाग्छन मनको आँखा खोली हेर !
सबै कुरा आफ्नै लाग्छन मनको भाषा बोली हेर !!

तिमी भित्र आफ्नोपनको मिठो आभास पाए मैले !
त्यही भएर तिमी संग चोखो प्रीत लाए    मैले !!
मर्दैन त्यो चोखो प्रीत त्यसमा  अमृत  घोली हेर !
सबै चीज  राम्रा लाग्छन मनको आँखा खोली हेर! 

मिठो मुस्कान लजालू त्यो सर्माउने   दुई  आँखा !
त्यही आँखामा मेरो तस्बीर सजाएर तिमी राख !!
सबै चीज  राम्रा लाग्छन मनको आँखा खोली हेर !
सबै कुरा आफ्नै लाग्छन मनको भाषा बोली हेर !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई