परी जस्ती तिमी

स्वर्ग बाट झरेकी परी जस्ती तिमी
साउनमा बर्सने झरी जस्ती तिमी
घरि घरि आँखाको तिर तिमि हान्छौ
इशारा नि गर्छौ फेरी लाज मान्छौ
फुलहरु कि रानी सुनाखरी जस्ती तिमी
स्वर्ग बाट झरेकी परी जस्ती तिमी

दन्ते लहर खोलि तिमीले हासी दिदा
पिरतीको डोरी तिमीले गासी दिदा
सेतो सुन्दर रुप खरी जस्ती तिमी
स्वर्ग बाट झरेकी परी जस्ती तिमी

Comments