म बनौला बर (गीत)

कहा कि हौ तिमि माया पुर्ब हो है घर !
राजी भए पिपल बन्न म बनौला बर !!


आइतबारे जाउला माया हाटबजार भर्न !
भन्छौ भने त्यतै आऊ तयारै छु सर्न !!
बिस्वास भए आजै तिमीले निर्णय गर !
राजी भए पिपल बन्न म बनौला बर !!


बेतनाको सिमसारमा बसी माया लाउला !
बेलबारी इटहरी धरान घुम्न जाउला !!
दुइदिने हाम्रो जीवन हुन्न केहि भर !
राजी भए पिपल बन्न म बनौला बर !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई