युगल गीत (यो जोवन मेरो)

युगल गीत

लेख्ने : पाखेली
धुन भर्ने : बिशाल शर्मा

केटि :यो जोवन मेरो सम्हाली देउन लौ मलाइ अंगाली देउन
         म परे तिम्रो नयनको तालमा मदहोशी मन बुझाइदेउन
केटा :तिम्रो जोवन सम्हाली दिउला ढुकढुकी बनाइ अंगाली दिउला
         डुबेर रमाउ नयनको तालमा मदहोशी त्यो मन बुझाइ दिउला


केटि: बैसालु जोवन उर्लेर आयो अंग अंगमा काउकुती लायो
        नशालु आँखा गुलावी ओठ शरीर भरि प्रीतको नशा छायो
केटा: उर्लदो बैश सम्हाल्न सिक भरेर  माया अंगाल्न सिक
        आउन्न फेरी उमेर यो फर्की पवनसरी दिल बदल्न सिक 


केटि: लाउन मन लाग्छ फरिया र चोली नाच्न मन लाग्छ आजभोली
         आउछौ क्या हो दिलको राजा मलाइ लान लिएर डोली
केटा: दौरा र सुरुवाल ढाकाको टोपी मनमा मायाको फुल यो रोपी
        आउनेछु लिन तिमिलाइ सानु लानेछु पन्चे बाजा है ठोकी

        

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई