यात्री बानी यात्रा गरौ

यात्री बानी यात्रा  गरौ  एकै  ठाउमा  जानु  न  हो !
एकै छीन कुरा गरौ  आखिर के  नै  लानु  न  हो !!

कतै  टाढा  चौतारी  का  दुई  आँखा  हैनौ  क्यारे !
पहिलो चोटी भेट भाको जस्तो पनि छैनौ  क्यारे !!
जती आँखा तरे पनि एउटा  थालमा  खानु न  हो !
एकै छीन कुरा गरौ आखिर  के  नै  लानु  न  हो !!

मलाईछाडी तिमीलाई एकलई बस्नमन छैनहोला !
म पनि त पारी गाउको सुकुल  गुन्डो  हैन  होला !!
उही तिमीलाई चिठीलेख्ने तिम्रोआफ्नै सानु न हो !!
यात्री बानी यात्रा  गरौ  एकै  ठाउमा  जानु  न  हो !

दुख सुख बाडौलाहै  भन्दै  कसम  खा'कै  हौ  नि !!
देउता थानमा फूलपाती चडाउननि  गा'कै  हौ  नि !
झरी,बादल,हिउद , बर्षा ओतने एउतै छानु न  हो !!
यात्री बानी यात्रा गरौ  एकै  ठाउमा  जानु  न  हो !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई