सपनामा...उ (कविता)

हिजो राती सपना देखे उ सुस्ताई रहेकी थिई 
निरन्तर..सुस्केरा हालेर 
बिछोडको बेदनामा !
म असरल्ल थिए उसको अगाड़ी
बिस्कुन जस्तै !!
उ फुंग थिई 
लाली बिनाको गुलाब जस्तै 
उसका योवन हरु 
थाकेका थिए 
उदास ...उदास 
मैले देखेकी उ 
आज अर्कै थिई 
निरस..निस्बोध 
उसमा रतिभर पनि
उत्सुकता थिएन 
उ लाग्दथी..खाली 
सजाईएको हुस्कीको बोतल जस्तै !!
मेरो सपनामा सजीएर आउने उ 
आज सपना भीत्र ओंईलाएकी थिई 
उसमा सुवाश थिएन 
न त गाढापन नै 
उ काड़ा हरुको बिचमा 
गग्रीएर बसेकी थिई 
मानौ अब उ केही होइन 
नास्तिकले सजाएको 
मूर्ति जस्ती !!!
उसका आँखा निरीह थिए 
चाउरीएका थिए गाला हरु
रंग बिनाको फूल जस्तै ,
उ बारम्बार सपनामा आउथी
पहिले पनि ...त्सबेला उ फरक थिई 
उ जिस्किन्थी मस्किन्थी 
तर आज उ गलेकी थिई 
आफ्ना ती सुकोमल बैश हरु देखि 
अब उ एउटा आकृति मात्र थिई 
सपना जस्तै बिउझीए पछि 
केबल सम्झना मात्र दिने 
एउटा सपना जस्तै ...मात्र सपना जस्तै !!!!


































































Comments

Popular posts from this blog

असार

गीत

गजल