झरी परेको त्यो रातमा (गीत)

झरी परेको  यो  रातमा  मदहोशी  यो   मातमा
म निदाउदैछु फेरी  तिम्रो  यो   न्यानो काखमा


मन्द मन्द यो जूनको उज्यालो ले  चिहाउछन 
तारा  हरुले  हेरी  हेरी   हामीलाई  गिज्याउछन
तप्केको छ माया हाम्रो  शितबनी   फुलपातमा
म निदाउदैछु फेरी  तिम्रो  यो   न्यानो काखमा

सुस्त सुस्त यो  साँझमा  गीतको मिठो धुन छ  
माया र  पिरतीको कस्तो अमिट  यो  सगुन छ 
स्वपनिल गुलाव जस्तै तिमी  छौ मेरो साथमा
म निदाउदैछु  फेरी  तिम्रो  यो  न्यानो काखमा





Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई