अब भूल मलाई तिमी (गीत)

अब भूल  मलाई  तिमी जे  जे   हुनु  भयो
तिम्रो   मेरो  सबै  अब  अतीत  हुने  भयो 


तिमी ख़ुशी   हुनु   अब  मेरो  कामना  छ 
तिम्रो फोटो हेरी  बाच्ने  मेरो  चाहाना  छ
तिमीले छुनु निलो  गगन  रमाएर  बाँच्नु 
उसकै न्यानो अंगालोमा   बाधिएर  हास्नु
मिलन एउटा संयोग थियो छुटनै पर्ने भयो 
अब भूल  मलाई  तिमी  जे  जे  हुनु  भयो 


दोबाटोमा  भेट   भयौ   दुई   यात्री  जस्तै
पिरतीको जालो  भित्र  गयौ  हामी   फस्दै
उर्लीएको   भेल   सरी  आयौ   फेरी  गयौ 
मेरो  मनमा  सम्झानको  गीत  बनि रयौ
निस्ठुरी को चोट सहने बानी मलाई भयो
अब भूल मलाई  तिमी  जे  जे  हुनु  भयो 




Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई