एउटा युग नारी को जन्म (कविता)

उनी बहुली जस्तै सिगारीएकी थिईन
आँखा भरी गाजल अनी
ओठ भरी लाली थियो
लाग्थ्यो उनी अप्सरा हुन स्वोर्गकी
लाजालु शालीन अनी कोमल थिईन उनी
गुलाब जस्तै !
उनमा कुनै कपटता थिएन
मानौ उनी सबैथोक हुन 
उनको मंद मंद मुस्कान
उनको सुरम्य वदन
उनमा देखिएको शालीनता ले
एउटा युग नारी को जन्मको प्रतीत हुन्थ्यो !! 
उनका नीला आँखाहरुमा 
निलिमा झल्केको थियो 
उनी सुरम्य थिईन 
उनमा सास्वतता को बिम्ब थियो 
एउटा मूर्त नारीत्व थियो उनमा
सुकोमल मनका भाव हरु तरंगीत थिए 
सुगन्धित फूल हरु जस्तै 
उनीमा जोश थियो नया युग बनाउने 
सब्द सब्दमा उनी क्रान्ति बोल्थिन
युग परिवर्तनको उद्घोस गर्दै 
उनका मुट्टी हरु कसिला थिए परिवर्तित औलाहरु 
उनी यस युगकी नारी 
परिवर्तन चाहने !!!!!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई