भरिया (कथा)

श्री नगरपुर को पुरै पाटो मेरो जिजु हजुर बुबाले बिर्ता पाउनु भा'को रे ! चन्द्र समसेरको भड़ारे भएर काम गर्दा गर्दै जिजु हजुरबा को काम बाट खुशी भएर "ए पन्डित ल यो नगरपुर तिमीलाई बिर्ता भो तिम्रा छोरा नातिले पनि भोग गर्न पाउने गरि तीम्रा नाम गरिदिए ! " भनि बक्सिस दियेकारे ! यो पाटो पाए पछी मेरा जिजु हजुर बा श्रीधर ले आफ्नो नामको श्री जोडेर ठाउको नामनै श्रीनगरपुर रखेकारे हजुर बुबाले सानैमा सुनाउनु हुन्थियो ! म आफु खुब गर्ब गर्थे म पनि ठालु कै सन्तान रहेछु भनेर ! बास्ताबमानै त्यस बेला  श्री बाजेका छोरा नाति पनाति भने  पछी सम्मान को कुनै कमि हुदैनथियो  टोलमा ! तिन वटा गजुर राखेका भब्य महल १५ ,२० जना नोकर चाकर टन्न दुहुना गाइ भैसी आम्मै कति कति साँची एस को जीवन थियो ! " हेर नाति तेरो बाबुले पनि राम्रो पढ्यो अहिले दरबारमा नाइके छ तैले पनि धेरै पद्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ राजाको सेवा गर्नु पर्छ ! हेर दरबारिया लाइ खुसि पारो भने कहिले दुख पाइदैन " बेला बेलामा हजुरबा ले म मा पाइन हाल्नु हुन्थ्यो ! मेरा हजुरबा पनि दरबारका निकै नजिकको मानिनु हुन्थ्यो ! मेरो किताबी लगाब ठिकै थियो
बुबा आमा काठमान्डू तिरै बस्नु हुन्थियो ! काका विदेश पढाइ सकेर भर्खर आउनु भा'को थियो ! उहा पनि जागिरको खोजिमा हुनुहुन्थियो हजुरबाले "दरबारमा जा माहाराज ले तलाई पनि हुकुम बक्सिन्छ" -भन्नु हुन्थियो तर काका "मलाइ त्यस्तो सोसित दरबारमा जागिर सागिर खानु छैन  पाए सरकारी नोकरी गरौला नत्र चिया पसल चलाउला " -काका दरबारको सधै बिरोध गर्नु हुन्थियो ! काकाको उमेर ३२ थियो सायद मलाइ लाग्छ एसबेला देखिनै उमेर छिप्पिए पछी बिहे गर्ने चलन बढेको ! मेरो प्राथमिक शिक्षा गाउमै चलिरहेको थियो राम्रा मास्टर को ब्यबस्था थियो मलाइ ! कुनै कुराको कमी थिएन मेरो दिनचर्यामा ! समय बित्तै गयो मेरो प्राथमिक शिक्षा पनि सकियो उता राजधानी बाट मलाइ आमा बुबाले उतै पढन बोलाउनु भयो ! म पनि रौसिदै लागे झिलिमिली सहर तिर मेरो बाकि पढाइ को चाजो बुबाले राजधानीको राम्रो बिधालयमा मिलाई सक्नु भा रै'छ ! म राजधानी पढ्न थाले बुबाको गाडीमा सररर जाने आउने गर्थे म स्कुल बाट ! बेला बेलामा मलाइ मेरो बुबाको ड्राइभरले घुमाउन लान्थ्यो ! केहि जोडी हरु रत्नपार्क र रानी पोखरीको डिलमा माया प्रिती साटी रहेका देखिन्थे ! मेरो बुबाले पनि मेरी आमालाई मायाप्रीति गासेरनै बिवाह गरेको रे ! राजधानी को अमृत क्याम्पस पढदा मेरी आमा संग माया प्रिती गसिएर पछी बिहे भाकोरे मेरी आमा पनि दरबारिया गुरुजी कि नातिनी ! निकै राम्री र सिलस्वहभाब भएकी देखेर हजुरबाले बिहे गराइदिएको रे मेरी आमा मलाइ किस्साको भाषामा सुनाउनु हुन्थ्यो ! अचेल सम्झन्छु लव गरेर बिहे गर्ने चलन पनि नया रहेनछ ! बुबा प्राय व्यस्त हुनुहुन्थियो तर पनि स्कुल लाने ल्याउने भने उहालेनै गर्नुहुन्थ्यो ! रमाइलो सहरको बयान गर्दै धेरै पढ्न प्रेरित गराउनु हुन्थियो बुबा ! " उ देखिस यिनको जीवन कति कस्ठमय छ यिनले पढेनन  त्यही भएर आफु भन्दा गहकिलो भारि बोकेर जिबिका चलाउछन...पढेंन भने यस्तै हुनुपर्छ अनि हुदैन के दुख ?  हेर बाबु धेरै पढ्यो भने ठुलो मान्छे भइन्छ डाक्टर ..वोकिल ..पाइलट..फेरी पढेर कमाएको सम्पति कसैलाई अंश पनि लाउनु पर्दैन कसैलाइ बोकाउनुनी पर्दैन बुझिस !!" बुबा मलाइ बेला बेलामा शिक्षाको धार लगाई रहनुहुन्थ्यो ! म पनि ति बाटामा पसिना काड्दै अनि जाड़ाले काम्दै हिडेका भरिया देखर आफु लाइ यस्तो बन्नु छैन भन्दै खुब पढाइमा होमिन्थे ! बुबाले बेला बेलामा पोखरा पाल्पा ईलाम धरान धनकुटा घुमाउन लानुहुन्थ्यो ! सरकारको गाडी अनि सरकारको खर्चमा नै ...अहिले सम्झन्छु बुबाले त्यस बेला सरकारी ढुकुटीको राम्रो दुरुपयोग गर्नु भा'को रहेछ ! भ्रर्स्टचारको  माहोल त  त्यसबेला देखि नै फस्टाएको रहेछ ! समय वर्षमा समाहित हुने क्रम चलिरह्यो ! मेरो शिक्षाको गति माध्यमिक तहबाट उकालो लाग्यो अब म बाँकी पढ्न विदेश जाने भए ! मेरो बुबाले सरकारी कोटा मिलाएर मेरो बाकि शिक्षाको लागि गोरेको देश पठाईदिनु भो ! त्यहाको बिकाश समानता प्रगति देखेर मेरा आँखा बले मैले मेरो देश सम्झिए ...साना ठुला जात पात उच निच ...वास्तबमानै मेरो देश मलाइ निरङ्कुश लाग्यो ! मेरो काकाको त्यस बेलाको बिचार र बिद्रोही भाव प्रति म पनि शाररिक समाहित भए अचेल काका भूमिगत बनेर क्रान्ति को मोर्चा गठन गर्दै हुनुहुन्छ भन्ने सुनुन्थियो तर भेट न'भाको चार वर्ष भै सकेको थियो ! पांच बर्षे मेरो शैक्षिक प्रोजेक्ट चल्न थाल्यो अमेरिकामा ! मैले मेरो देशको लागि बिकाशका राम्रा क्रायक्रम को खाका तयार पार्न थाले मैले रोल्पा रुकुम अनि डोल्पा र मुगु सम्झे ..मैले नेपालमा पढ्दा यी जिल्ला को कथा  र ब्याथा सुनेको थिए मलाइ अब नेपालमानै केहि गर्नु पर्ने जागर पलायो ! मैले त्यहिँ बस्ने केहि नेपाली र केहि बिदेशी साथि संग बिकाशको लागि नेपालमा काम गर्न आग्रह गरे ! मेरो पांच वर्षको पढाई को अन्त्य भएको थियो ! म र मेरा साथि बिकाशको खाका सहित नेपाल भित्रिएका थियौ ! आहा मेरो देश मेरो माटो मलाइ स्वर्ग लाग्यो मेरो पांच वर्ष को बिछोड ले रुडीएको  आँखा रसाए म पुलकित भए रमाए .......! मेरो हजुरबा पनि राजधानी झरी सक्नु भा रहेछ बुबापनि अवकाश लिएर आनन्द को जीवन रमाइरहनु भाको देखे ! मलाइ लाग्यो अब मेरो पालो ... मैले मेरो जागिरको लागि मेरा केहि सहकर्मी साथी संग सल्लाह गरे र  हामी विकासे जागिर को सुरुवात गर्ने भयौ ! जुम्ला हाम्रो जागिरको पहिलो घरको रुपमा चुनियो ! हामि सुर्खेत पुग्यो गाडीमा त्यसपछी सुरु भयो पैदल लगभग तिन दिन लाग्थ्यो हाम्रो जागिरको घर पुग्न हामीलाई !!! म संग पांच जोर कपडा ज्याकेट स्वेटर अनि खाजा सामल अफिस का फाइल गर्दा करिब पन्ध्र किलो को भरि थियो ! मेरा साथी हरु संग पनि ...हामि त्यो बिकाशको भारीलाई एउटा शिक्षित ढाड ले आड दिदै उक्लिन थाल्यौ ! मैले यस बेला सम्झिए मेरो शिक्षाको नजिता मेरो बुबा र हजुरबा ले रेती लगाएर तिखारेको म ...आज मैले कमाएको सम्पति यो पन्ध्र किलो को भारी मैले कसैलाई अंश लाउँन चाहिंन त्यसैले म म जस्तै केहि पढेलेखेका त केहि नियतिले ठगेर बनेका भरिया संगै उक्लिरहे ! घरि घरि ति भरिया हरु भाकामा आफ्ना पिडा पोख्थे ...मलाइ ति भन्दा फरक लागेंन आफु ! म सम्झन्छु मैले पढेर कमाएको सम्पति मेरो यो भारी अनि यी भरिया ...म पनि भरिया यी पनि भरिया फरक यति मात्र  म पढेलेखेको भरिया यी नियति ले अनपढ ....!!!!!!

नवराज पोखरेल "पाखेली"
हरैंचा-४ ,मोरंग
हाल : मैतीदेवी , काठमान्डू 

  

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई