मूल भए (गीत)

पिरतीमा म त हजुर  उनका लागि शुल भए !
मरुभूमि उजाड उजाड म सुकेको मूल भए !!

उनि बहार बनि आउदा म त पतझड भए !
म बेहिमानी उनकालागि  फलामको  रड भए !!
बसन्तमा उनि फुलिन म झरेको फुल भए  !
पिरतीमा म त हजुर  उनका लागि शुल भए !!

उ मायाँ कि   सार भईन म चुलेसी धार भए !
पिरतीमा जितभो उनको म त हजुर हार भए !!
शरदमा रमिनउनि म टाँगेको तुल भए !
पिरतीमा म त हजुर  उनका लागि शुल भए !!

(पाखेलीको संग्रह "नवशिला" बाट)



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई