अभाव पिडा जोकिम अनि त्रास छ यो शहरमा !
लुटको अनि झुटको खेती हुन्छ प्रत्येक प्रहरमा  !!
आफ्नो मान्छे देखे पनि तर्की हिड्छ फर्की हिड्छ !
बाच्न जान्नु पर्छ यहा हैकम अनि कहरमा !!
नाङ्गो नाच चल्छ यहा नियमकानुन  केहि छैन !
कति योवन बिक्रि हुन्छन बाध्यता र रहरमा !!
स्वार्थि हरुको क्रिडा स्थल भा'छ अचेल  राजधानी !
रमाका'छन् पौडीएर दिन रात कालो जहरमा !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई