कविता ( प्रश्न ) एका बिहानै छोरी ले प्रश्न गरिन मामु म कसरी जन्मिए ? भनिसियोन प्लिज ! म कसरी जन्मिए ? आनन्द लाग्यो प्रश्न सुनेर अनि जवाफ खोज्न थाले म छोरी तिमि जन्मदा मलाइ प्रसव ब्यथा लागेको थियो तिम्रो बाबा मेरो आडैमा बसेर हाम्रो रहर को पिडालाइ खुशीका आखाँ ले शेयर गर्दै हुनुहुन्थ्यो हामी कति खुसी भा ' का थियौ ति सबै ब्यथा लाइ बिर्सेर - तिमि जब मेरो पाठेघरमा पलाउन थाल्यो मलाइ बार बार बमिट हुन्थ्यो तिम्रो बाबा मेरो निधार थामेर घण्टौ बस्नु हुन्थ्यो मेरो नजिकमा उहा आत्तिनु हुन्थ्यो म भने भित्र भित्रै रम्थे र मन मनै भन्थे तिमि न आउन्जेल यो बमिट आइरहोस अनि तिम्रो बाबा सगै हुनुहोस - तिमि पलाएको कुरा यकिन गर्न मेरो ठुलो पेट माथी क्यामेरा घुमाइयो अनि हेरियो तिम्रो लिङ र जात डाक्टर ले के चाहिएको छ भनेर सोध्दा तिम्रो दादा लाइ देखाउदै तिम्रो बाबाले एकै सासमा ...... छोरी ! भनेको सम्झना ताजै छ मलाइ जब तिमि छोरी हौ भन्ने यकिन भयो हामी ...
Comments
Post a Comment