आउला सानु देउरालीमा (गजल)

पर्खी बस भेट्न तिमीलाई आउला सानु देउरालीमा !
पिरतीको महल   बनाइ   छाउला    सानु   देउरालीमा !!
दुइटा   मुटु   एक   बनाइ   जनी   जुनी    साथ    दिने  !
अजर अमर बाचा कसम खाउला सानु देउरालीमा !!
तिम्रो मेरो बीच कुनै  मनमुटाब   को   आभास   भए  !
पिडा लाइ   फाल्न  हामी   जाउला  सानु   देउरालीमा !!
दुनिया   को  बस्ती  भन्दा   कतै   टाढा   तिमि र म  !
दुवै मिली प्रितीको गीत  गाउला  सानु   देउरालीमा !!
फुर्सद भए एकै छिन मन   भित्रको  खुसि  साट्न !
अनुकुल मिलाई भेट्न   धाउला  सानु   देउरालीमा  !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई