म सस्तो प्याला भएको छु (कबिता)

म तिम्रो अभाव मा
आज आफुलाई
निराश निराश बनाउन बाध्य छु
सम्झनामा तिम्रो
म उदाश उदाश जिएको छु
कतै उराठ लाग्दो
बिकराल  गर्तमा
बाचेको छु अचेल
तिमि लाइ सम्झना को खोकिला मा
सजाउदै हरपल म जिएको छु
यो भिड मा गुम्सिएर किचिएर!!
म बिस्माद बाचेको मान्छे
रतिभर चेस्टा छैन म मा
म पराधिन लाग्छु अचेल
पराजित लाग्छु अचेल
मेरो आस्थिकता मा भोटे ताल्चा लागेको छ
म पल पल पराकास्ता को जीवन बाँचिरहेछु !!
मेरा सुनौला सपना हरु खण्डहर भएका छन
मेरा आशा हरु निस्पाप भएर पनि
जेलिएकाछन् काल कोठरीमा
म पर्ति रति भर कसैको वास्ता छैन
म उस्तै भएर पनि बेग्लै भा'को छु
दुनिया मलाइ कालो ठान्छ
अनि कालै व्यहवार गर्छ
अलिकति पनि दया गर्दैन
जब तिमि गयौ
सबै गयो
सपना गयो
आशा गयो
इच्छा अनि आकांक्षा गयो
त्यसै ले त अचेल यो भिड मा
म मर्दै बाँचेकोछु हरपल हर दिन !!
तिमि गएपछि
मलाइ मोल तोल गर्ने हरुको भिड बढेको छ
म बेचिदै छु मिनेट मिनेट मा
म जहर मा बाच्ने भएको छु
प्याला मा रम्ने भएको छु
प्रत्येक घुट्को मा पीहिरहेकोछु
म प्रत्येक चुस्की मा जिहीरहेकोछु !!!

Comments

Popular posts from this blog

मनको आँखा खोली हेर

असार

हल्ला चलेछ (गीत)