१४ फेब्रुवरी

्मैले सम्झिए त्यो दिन
साल को पात बजाएर बोलाएको
न त फोन न मोबाएल
माध्यम त्यहि थियो
पिरति लगाउने

तिमी आउथेउ दाइ र बा को
आखा छलेर
त्यही साल को रुख मुनि
अनि जुधाउथ्यौ प्रेमिल आखा हरु

तिम्रा आखा हरु
मेरा आखा हरु
हेरिरहन्थे एक अर्कालाइ

सानो सिन्को मा
त्यहि साल को पात बटारेर
बनाउथ्यौ
फिरफिरे र सयर गर्थेउ
हावा को बेग मा
त्यहि फिरफिरे सगै

तिमि भन्थेउ नि
बेहुला बन भनेर
अनि म सोध्थे नि
बेहुली को भनेर ?

अनि दौड्दै जान्थेउ त्यो
अर्को साल को बुट्टा मा र
तिम्रो दाहिने हातको बुढि औला
देखाउदै भन्थेउ खु्चिङ
हो त्यहि रहेछ प्रेम

सम्झिएउ नि
साल को पात को सानो
बोहोती बुनेर
आमा ले खाजा हालिदिएको पुवा
भाग लगाउथेउ त्यै बोहोतीमा
अनि भन्थेउ
पछि ठुला भएपछि
टपरी मा खाउला है

॰ नवशिला
१४ फेब्रुवरी २०१७



Comments

Popular posts from this blog

असार

गीत

गजल