गीत

मेरो छोरो औला भाची   दशैं   आयो भन्न थाल्यो !
घर जाने दिन लाइ आजै    देखि   गन्न   थाल्यो !!


घर मा गइ चिची माम   खाने  कुरा    गर्छ   बाबु !
नया लुगा चाहियो भनि    घुर्की लाउने गर्छ बाबु !!

लाग्छ अचेल दशैं पनि बिकिर्ती झैँ बन्न   थाल्यो !
मेरो छोरो औला भाची दशैं आयो भन्न थाल्यो !!

दक्षिणामा आज भोली सय को नोट खोज्छ बाबु !
बजार गए आधुनिक हिप्पप लुगा    रोज्छ   बाबु !!
लाग्छ अचेल दशैं पनि बिकिर्ती झैँ बन्न  थाल्यो !
मेरो छोरो औला भाची दशैं आयो भन्न थाल्यो !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई