मेची रोयो काली रोयो

मेची रोयो काली रोयो बनपाखा रोयो !
निरिह यी नेपालीको निर्दोष आँखा रोयो !!

कति सुनाउ रुदै सधै कृष्णभिरको कथा !
चारै तिर आतंक र पिरै पिरको कथा !!
खुड़ा अनि खुकुरीको बिरगाथा रोयो !
निरिह यी नेपालीको निर्दोष आँखा रोयो !!

शान्ति रोप्यो भने पनि बम र बारुद फल्छ !
चारैतिर आतंक को हावा  मात्र  चल्छ  !!
बम बारुदको आतंकले हाम्रो भाका रोयो !
निरिह यी नेपालीको निर्दोष आँखा रोयो !!

(२७ असोज २०६० मा लेखिएको यो रचना )

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई