के पिर तिमिलाइ

शव्द : "पाखेली"
(बैगुनीको झुटो कसम बाट)
२०६३/०४/१७  


के पिर तिमि लाइ यो जिन्दगि बाचे पनि मरे पनि !
के को सुर्ता तिमीलाई मैले सयौ खोला तरे पनि !!


तिमि खोला, पानी बग्छौ आफु बगर बाचेको छु !
तिमि तारा आकाश माथी म त डगर बाचेको छु !!
के सुगन्ध रछ्यान लाइ जति अत्तर छरे पनि !
के पिर तिमि लाइ यो जिन्दगि बाचे पनि मरे पनि !!
के को सुर्ता तिमीलाई मैले सयौ खोला तरे पनि !!!


तिमि आफु अमृत भन्छौ म बिष बनि बाचेको छु !
तिमि सबको प्रित मिठो म रिस बनि बाचेको छु !!
के नै अर्थ ओइलिने फुल शिर माथी झरे पनि !
के पिर तिमि लाइ यो जिन्दगि बाचे पनि मरे पनि !!
के को सुर्ता तिमीलाई मैले सयौ खोला तरे पनि !!! 


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई