तरवार रोयो हेर !

हत्या हिंशा गर्नु पर्दा तरवार रोयो हेर !
शान्ति दुत बुद्धको यो घरवार रोयो हेर !!


हाम्रो आफ्नै बिरताको पहिचान थियो !
तर आज शान्ति रोप्ने दरवार रोयो हेर !!


हिरोसिमा नागासाकी नेपालीत्व खोज्थे !
कठै तिनले गरेको त्यो साभार रोयो हेर !!


सगरमाथा जस्तै उच्च ठाडो शिर थियो !
छिमेकीको प्रशंसा र आभार रोयो हेर !!


बस्ति मासियो चारैतिर जंगल मात्र बढ्यो !
रगतको खोलि बग्दा जंघार रोयो हेर !!


(मेरी शिला गजल भाइन....बाट )
२७ असोज २०६० जनयुद्ध को बेला   


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई