यहाँ धेरै गर्नु छ (गजल)


अझै मैले मेरी आमा यहाँ धेरै गर्नु छ
यो देशको लागि मैले एक चोटी मर्नु छ !!

धनि अनि गरिबको माखे सांगलो हटाएर
मेची अनि महाकाली अझै मैले तर्नु छ !!

यो धर्ति लाइ हराभरा अझ सुन्दर पार्नलाई
मैले आमा लेक बाट अझै   बेसी झर्नु  छ !!

सुनगावा लालिगुरास अझ धेरै फुलाउन
भिर पाखा पहरा मा मैले बसाइ सर्नु छ !!

बाझो खेत सिंचिएर यहा सुन फलाउन
समुन्ति जागरको  बिउ अझै छर्नु छ !!

(नवाशिला बाट)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई