तिमि मौन छौ (गीत)

तिमि मौन छौ केहि बोल्दिनौ मुर्ति हौ कि शिला
कहिले सम्म देखाउने तिम्रो मेरो प्रेम लिला

बग्छ खोलि शिर बाट मनको तिम्रो नहरमा
माया बस्यो दिलमा बस्यो कलिलैयो रहरमा
तिमि मौन छौ केहि बोल्दिनौ मुर्ति हौ कि शिला
कहिले सम्म देखाउने तिम्रो मेरो प्रेम लिला 

तिम्रो माया मेरो माया अजम्बरी प्रित हुन्छ 
जुनी जुनी सम्म पनि हाम्रो माया रहिरन्छ 
तिमि मौन छौ केहि बोल्दिनौ मुर्ति हौ कि शिला
कहिले सम्म देखाउने तिम्रो मेरो प्रेम लिला 

(आज भन्दा १० वर्ष अगाडी लेखेको गीत आज भेटाए ) 








Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई