बिर्सेउ सानु ? (गजल)

गाइ चराउदा मैले  भेट्न आ' को बिर्सेउ सानु ?
माया गास्न देउरालीमा धा'को बिर्सेउ सानु ?

लुकाछुपी खेली खेली हामिले दिन बिताउदा !
घरमा जादा बा'को कुटाइ खा'को बिर्सेउ सानु ?

देउराली लाइ साची राखी देबी देउता भाकी !
मेरै नामको सिन्दुर पोते ला'को बिर्सेउ सानु ?

तिमि र म एकान्तमा मिठा बात गरि गरि !
थाहै नपाइ कुन्नि के के भा'को बिर्सेउ सानु ? 

थाहा नपाउदा  त्यस्तो कुरा तिमीले र मैले !
दुख पाउन अस्पतालमा गा'को बिर्सेउ सानु ?

(नवाशिला बाट)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई