म त हजुर कलमजीवी ! (गजल)

झुल्कीएर घामको लाली तिम्रो सिउदो चुम्छ अचेल 
अल्झीएर तिम्रो माया खोकिलामा छुन्छ अचेल  
चल्मलाउछ पलक झलक राग मिठो छरी छरी 
टलपलाउछ मृद रश्मी त्यो नयनमा घरि घरि 
चादनीको चमक धमक पोखीएर आचलमा
तप्कीएर मुक्त मुग्ध तप्प तप्प पलपलमा

जस्तो हुन्छ त्यस्तै देख्ने म त हजुर कलमजीवी ! 
सत्य कुरा मात्रै लेख्ने म त हजुर कलमजीवी !!
 
कलम मेरो तरवार हजुर मसी त्यसको पाइन !
शव्द भित्र पिडा देख्ने म त हजुर कलमजीवी !! 
 
भ्रस्टचार र कुकार्यको सँधै भरि बिरोध गरी !
असत्यको बाटो छेक्ने म त हजुर कलमजीवी !!
 
सुचनाको हक अधिकार जनता सामु पुर्याएर !
खबरदारी गरी रेख्ने म त हजुर कलमजीवी !!

 
 

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई