गजल (नवाशिला बाट )

मालपोत र भन्सार को जागिर मात्र खान्छु बाबा
हिडेर त हैन पजेरो मा अफिस जान्छु बाबा !!

मौका यहि हो हजुर अहिले मन्त्री हुनु भा'छ
यसो कुरा मिलाएर सालो लाइ नि तान्छु बाबा !!

कमिसन नदिनेलाई अन्तै सरुवा गरिहल्नुस
एक दुइ बर्ष पार्टी खर्च यतै बाट धान्छु बाबा !!

हजुरले यसो विदेश भ्रमण पनि मिलाउनुहोस
श्रीमती र छोरो लाइ नि घुमाउन लान्छु बाबा !!

हजुरको हातमा छ नि डाडु पुन्यु आजभोली
दाया बाया मुख टाल्न दुइचार पेटी हान्छु बाबा !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई