गाउ तिरै बस्नु पर्छ

शहरमा मुखी हुनु हुनुहुन्न गाउ तिरै बस्नु पर्छ
एकता को बिपुल फुक्न अब कम्मर कस्नु पर्छ !!


हरा भरा पर्नु पर्छ डाडा पाखा पखेरा लाइ
कुटो हसिया कोदालो लिइ गाउतिरै पस्नु पर्छ !!


त्यहि फल्छ धान कोदो मकै अनि तिते फापर
फलाउन सुन हामीले त्यहि घुडा धस्नु पर्छ !!


राख्नु हुन्न बाझो कहिँ सम्याएर गरा गरा
लेक बाट काम सकी चाडै बेसी खस्नु पर्छ !!

(नवाशिला बाट )

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई