फुलको पनि धार हुन्छ

फुलको पनि धार हुन्छ सुन्दा आज छक्क परे
मेरै अगी उनले अरु चुन्दा आज छक्क  परे !!


हिजो सम्म चिल्लो घसी मेरो हजुर भन्ने ले नै
अर्कै संग माखे जालो  बुन्दा आज छक्क परे !!


नहर बनाइ चोखो माया बगाउला भन्ने ले नै
पिरतीको सङ्गलो मुहान थुन्दा आज छक्क परे !!


तिमि संगै जिउछु मर्छु देउता मेरो  भन्ने ले नै
बरमाला चाहि अर्कै लाइ उन्दा आज छक्क परे !!


(मेरी शिला गजल भइन....बाट )

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई