रहर जिन्दगी

अन्जान अलमल रहर जिन्दगी !
बाच्दैछु विषाक्त शहर जिन्दगी !!


बिमेल छ यो सधै आफन्त संग !
निसास्सिदैछ हर प्रहर जिन्दगी !!

ओइलाउदैछ मनको जिजीबिषा !
कहालीलाग्दो छ कहर जिन्दगी !!

छैन कुनै पुग्ने निश्चित किनारा !
बग्दो छ उधो यो नहर जिन्दगी !!

शब्द शब्द मा उनिएको छ सधै !
काफिया रदिफ र बहर जिन्दगी !!

आफै मा बाच्न पनि आजभोली !
भा'को छ अचेल जहर जिन्दगी !!
(पाखेली को "नवशिला" बाट)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई