कलकल जिन्दगी ! (गजल)

बग्छ निरन्तर कलकल जिन्दगी !
रम्छ आफैमा हरपल जिन्दगी  !!

देखेर भोलिका मिठा ति सपना !
भाग्छ हरेक पलपल जिन्दगी !!

नभेट्दा जीवनको त्यो किनारा !
बन्छ विषाक्त ढलपल जिन्दगी !!

खोज्दै सुवाष भौतारिन्छ आफैमा !
निरन्तर निस्बोध चंचल जिन्दगी !!

पिडा र अभाव मा बाच्छ सधैनै  !
हुन्न कहिलै यो मखमल जिन्दगी !!

(नवशिला बाट )

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई