उनि छेत्री म चाहि बाहुन

उनि छेत्री म चाहि बाहुन हाम्रो बिहे भो त साथी
ढाटेको कि तिम्रो पनि हाम्रो जस्तै हो त साथी ?

सानो जात ठुलो जात दमाइ अनि कामी भन्छन
भानिदेउन यस्तो बर्ग बनाउने चाहि को त साथी ?

त्यति सारो भन्नु हुन्न तिनको पनि मन दुख्छ
त्यस्तो सबै राणा सासन कालमा पो त साथी !

बाहिर भने राम राम भित्र किन छुरा धस्नु
हेर्दा पनि कुचरित्र भएन र यो त साथी ?



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई