रोपाइँ गर्न जानी !!

डोको माथि बिउ बोकी कता हो नि नानि ?
पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !!

घुम ओढी साथि संगी जानु पर्छ मेला
यही  त होनी धानको बाला झुलाउने बेला
किसान लाइ अमृत हो रे असारको पानी
पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !!  

सम्याएर गरा गरा भरौला नी माटो
हराभरा बनाउलानी भित्तो अनि पाटो
चिरबिर चिबे गाउछ गाउछे मैना रानी  
पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !!

काफल पाक्यो कुहु कुहु असारका गीत
बेठी लगाई नाच्न मनछ साइली तिमी सित
निको लाग्छ मुस्कुराउदै बोल्ने तिम्रो बानि
पर्ख पर्ख हामी पनि रोपाइँ गर्न जानी !!

("नवशिला" को संग्रह संगालो बाट)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई