मेरो जीवन मेरो कथा


म गाउले परिभेषमा हुर्केको एउटा निम्न बर्गीय परिवार को जेठो सन्तान ! मेरो बाल्यकाल एउटा ग्रामिण  परिभेषमानै गुज्रियो ! मेरो पिता किसानी अनि माता पनि किसान संगै एउटी कुसल गृहेनी अनि ममतामयी आमा पनि ! मेरो जन्म अनि कर्म थलो पुर्बी नेपालको मोरंग जिल्ला को हरैचा ( सिमलड़ाड़ा) हो ! मेरो परिवारमा पिताजी माताजी हजुरआमा भाई बहिनी अनि म गरि ६ जनाको परिवार थियो /छ ! मेरो बाल्यकाल को स्कुल महेन्द्र प्रथामिक बिधालय इन्द्रपुर मोरंग अनि बाकि सुकुना स्कुल बाट आइए त्यसपछी राजधानी ! म सानै देखि साहित्य र संगीतको सौखिन थिए म रेडियो खुब सुन्थे अनि लेख्थे पनि ! मेरो परिवार संग  धेरै सम्पति नभएपनि हामीलाई खासै दुख को महसुस हुन् दिइएन तर पनि गाउमा गाइ भैसी हेर्ने घास काट्ने तथा खेत बारीमा भने काम गरिन्थ्यो ! मैले ८ कक्षामा पढदा देखिनै मेरो पिताजी लाइ खेतीको काममा सघाएको हु ! मैले हलो जोते, धान रोपे, बिउ बोके.. लगभग राजधानी न आउन्जेल सम्म मैले मेरो पिताजी लाइ काममा पूर्ण रुपले सघाए ! निम्न बर्गको परिवार खासै चैन संग रमाउने खालको हुदैन अनि टिन क सन्तानले भने जस्तो काम गर्न पनि पाउदैनन मेरो पनि केहि हद सम्म जीवन यस्तै नै रह्यो ! मेरो परिवार लाइ छोरो ले पढेर जागिर खाओस भन्ने ठुलो धोको थियो त्यहिँ भएर पनि मलाइ अन्य अतिरिक्त क्रियाकलापमा लगाउन चाहेन मेरो परिवारले तर पनि म भने केहि लेख्थे अनि रेडियोमा पठाउथे ! त्यसबेला रेडियो नेपाल काठमान्डू मा थियो अनि धनकुटामा क्षेत्रीय प्रसारण केन्द्रको सुरु भा को थियो ! मेरो केहि रचना हरु त्यहा बाट बज्न थाले त्यसपछी म मा केहि लेख्ने जागर अझ थपियो ! म पत्रपत्रिका पनि हेर्थे त्यसबेला युबामंच निकै राम्रो पत्रिका थियो ! मैले पनि त्यस पत्रिकामा मेरा केहि रचना पठाउन थाले ! त्यस्तै ५४ साल तिर हो क्यारे मेरो एउटा मुक्तक त्यस पत्रिकामा छापियो ! त्यस पछी मलाई अझ लेख्ने हौसला मिल्यो ! म रेडियो नेपाल धनकुटा घुम्न गए त्यस बेला मेरो नयराज नेपाल, हेमन्त उप्रेती , शोभा बस्नेत अनि दुर्गा निरौला संग भेट भयो उपेन्द्र दुखि दाइ संग पनि भेट भो सारै रमाइलो लग्यो म मेरा साथि आकाश अनि कुल संग गएको थिए त्यस पछी म बेला बेला मा धनकुटा जाने आउने गर्थे ! मेरा धेरै रचना हरु रेडियो बाट बज्थे दिनको दुइ चार पटक जसो मेरो नाम रेडियो बाट आइनै रहन्थियो ! भन्नु पर्दा पाखेली पनि रेडियो धनकुटा को पर्याय नै थियो ! त्यसै क्रममा मलाई पत्रमित्रताको लागि धेरै पत्र हरु आउँन थाले म पुर्ब मेची देखि महाकाली सम्मका साथि को प्यारो भए त्यस्तै भारत् अनि भुटान बाट पनि मेरा साथीका पत्र हरु आउथे ! लगभग यो कागजे खेति  ४ बर्ष जति चल्यो मैले त्यस बिचमा एउटा "मित्रता " नामक लघु साहित्तिक पत्रिका पनि निकाले यो पनि लगभग ४ बर्ष चल्यो ! मेरो दिनानुदिन नया साथीको क्रम बढ्न थाल्यो त्यसै बिचमा मेरो एक जना साथी संग गहिरो पत्र मित्रता भयो ! लगभग २ बर्ष सम्म हाम्रो पत्राचार चलि रह्यो त्यस पछी भेट गर्यौ ! (उनि जो आज मेरी जीवन संगिनी छिन मेरी हृदय कि रानी छिन् ) उनि पर्ति मेरो मायाको बिम्ब आयो हामि आत्मीय साथी बन्यौ ! यो कुरा मेरो परिवार लाइ अलि मनपरेको थिएँन ! हामि बाहुन बर्गको उनि क्षेत्री ! समय बित्ने क्रममा म राजधानी छिरे मेरो बाँकी पढाई आर आर कलेज मा सुरु भयो त्यस बेला म निकै रेडियो नेपाल धाउथे! मेरो चिनजान नवराज लम्साल , दिपकराज गिरि (रामविलास ), तारा थापा मिरा राना संग भयो ! कृष्ण विक्रम थापा (सिन्धुली गढी ) दाइ संग मेरो निकै राम्रो थियो त्यस बेला कुमार लिम्बु संग मिलेर "तोरी लाउरे" भन्ने एल्बम पनि निकालेको याद छ ! बानेश्वोर बाट बालाजु झरना रेकड़िंग स्टुडियो सम्म को हिडाई पनि उतिकै सम्झना लायक छ अझै पनि ! म यो राजधानीमा आफुलाई कता कता हराएको महसुस गर्थे ! मेरो साथी नवराज भण्डारी पनि काठमाडौँ मा नै पढ्न थालेको थियो उ पनि संगीतको किरो थियो एउटा एल्बम पनि निकाल्यो उसले तर त्यो त्यति चलेन ! पछी उसले पनि बिहे गर्यो र पुलिश को जागिर खान थाल्यो ! उसको जागिर पनि धेरै दिन टिकेन माओबादी को युध्ह मा परे पछी उसले पनि जागिर छाड्यो ( उ अहिले मलेसियामा छ ) ! यस बिचमा मैले काठमाडौँ रहदाको क्रममा साधना , युवामंच , निश्चल आदि धेरै पत्रिकामा काम गरे ! यहा को काम ले माम धान्न समेत मुस्किल थियो !
 यो शहरमा म संघर्ष गर्न थाले त्यसै बिचमा (लगभग हाम्रो भेट भएको साढे चार बर्ष पछी) मेरो साथी शिला जो मेरो जीवनको एउटा पाटो बनेर आइन मेरो बिवाह भयो २०५९ साल मंशिर १३ गते ! त्यस पछी म मा अझ जिम्मेवार थपिन थाल्यो ! म बिवाह पछी पुन काठमाडौँ आए ! त्यस पछी मेरो बद्रि दाइ संग ( फुपुको छोरा) जागिर खाने कुरा भो ! उहा ले मलाइ काम को लागि सहयोग गर्नु भो !मैले एउटा गैर सरकारी संस्था मा काम गर्न थाले जुन हाल सम्म पनि जारीनै छ ! मेरो जीवनमा आर्थिक पाटो भने सधैनै कमजोर नै रह्यो (कमाउन सकिएन )! हाल पनि राजधानी को कोलाहाल संग मेरो संघर्ष जारीनै छ !
मेरो भाई हाल विदेशमा कार्यरत छ ! घरमा पिता माता अनि हजुरआमा र सानी छोरि र बुहारी छन् ! म अझै पनि घरको दाल चामल खाएर मेरो छोरो (निकेश ) अनि संगिनी (शिला ) सहित राजधानी को भिडमा कहरको जीवन बिताई रहेको छु ! मेरो लेखन कार्य अहिले पनि जारि छ मलाइ बिस्वाश छ अनि आशा पनि छ मैले पैसा कमाउन नसकेपनि नाम को लागि म संघष गरिनै रहन्छु ! अहिले मेरो माता पिता पनि म बाट खुसि हुनुहुन्छ ! उहा हरुको आशिर्वाद अनि माया को म सधै ऋणी छु ! मेरी पुजनीय माता अनि पिता र हजुरआमा पर्ति मेरो अटुट श्रद्धा छ ! अनि दाजु बद्रि पर्ति पनि म आजीवन आभारी छु ......बाकि फेरी .....

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई