धान रोपाइको बेला

बाउसे बनि आउला सानु धान रोपाइको  बेला
घुम्न जाउला रोपाइँ सकी माइबेनिको मेला

हलगोरु फुर्के माले एक बिहानको मेलो
बेठी लगाई गरौला है   हामि हिलो खेलो
जेठी माइली ठुले साने सबै हुनु भेला
बाउसे बनि आउला सानु धान रोपाइको  बेला

धान रोप्दै डिलमा बसी दहि चिउरा खाउला
तिमि नाच्नु म चाहि मिठो असारे गीत गाउला
मुठी रोपी मानो फलाऊ उठे उठोस् ठेला
बाउसे बनि आउला सानु धान रोपाइको  बेला

("नवशिला"  को संग्रह संगालो बाट)

Comments

Popular posts from this blog

मनको आँखा खोली हेर

असार

हल्ला चलेछ (गीत)