हल्ला चलेछ (गीत)

केटी: तिम्रो मेरो प्रेम को गाउघरमा हल्ला चलेछ
छुटाउनु पर्छ भनि कसै बीच सल्लाह चलेछ

केटा :यस्तै भन्छ दुनियाले मन को भाषा कहाँ बुझ्छर ?
साँचो माया गर्ने हरुको चोखो प्रित कहा झुक्छर ?

केटी: कसो गरि जिउने होला पिरतीमा तिर हान्छन
सम्बन्ध  यो टुटाउन आफन्तले पिर दिन्छन
हाम्रो माया दुस्मनको नजरमा खाल भएछ
टुटाउन यो सम्बन्धनै रचिएको छाल रहेछ

केटा: स्वार्थी छन् सबै यहा जाल झेलको कुरा हुन्छ
देखावटी माया मात्र मनमा धारे छुरा हुन्छ
दिलको पूजा गर्ने हरुलाई हाम्रो माया फुल भएछ
पिरतीमा डस्ने हरुलाई हाम्रो माया सुल भएछ

केटी: सबै बात घात हुन्छ साथ् पाउन गारो भयो
चोको माया जोगाउन हामीलाई सारो भयो
हाम्रो माया आज भोलि विरहको कथा भएछ
जुनी भरि दुखि र ने मन भरि को ब्यथा भएछ


केटा: बलिदान हो माया पनि लगाउदा दुख्छ सानु
अमर अजर हाम्रो माया सजिलै कहाँ झुक्छ सानु
कुरा काट्ने हरुका लागि हाम्रो माया चर्चा भएछ 
बजारमा आज भोलि सबले पढ्ने पर्चा भएछ  

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई