कोशी पारी माया लाउछु (गीत)

कोशी पारी माया लाउछु भन्दै तिमी आयौ ! 
बुढासुब्बा गई तिमीले कसम  पनि  खायौ !!
तर आज बिर्स भन्छौ हाम्रो चोखो प्रीत .....
किन खेल्यो तिमीले मेरो मन मुटु सित ???


तिमी मेरी सयपत्री र सूनगावा  हौ भन्थेउ !
दंतकाली साक्षीभयो भन्दै कसम खान्थेउ !!
जे जे भयो सबै तिमी भूल भन्छौ आज .....
कसोगरी बाच्नु  मैले  दुनियाको  माझ ??? 

दिलमा बस तिमिमेरी दिलमाया हौ भन्थेउ !
चिठ्ठी भित्र चाडै भेट्ने  कुरा  लेखी  रन्थेउ !!
तर आज  किन  तिम्रो  बदलीएको  मन.....
कसको लागी बाच्नु मैले तिमिलेनै भन ???








Comments

Popular posts from this blog

असार

गीत

गजल