मिठो मातै गजल भयो

लेख्दा लेख्दै हिजो आज मेरो हातै गजल भयो !
साथी भाई  संग  गर्ने  मेरो  बातै  गजल  भयो !!
जहाँ  जौऊ  उतै  तिर  पिरती  को  हावा  चल्छ !
बगैचा मा फुल्ने फुल अनि  पातै  गजल  भयो !!
मोहनी त्यो मुस्कान ले  छाती  भित्र डसे  पछी !
सोमरश हैन प्रित को मिठो मातै  गजल  भयो !!
जता ततै किन होला शायेर हरुको भिड अचेल !
आज भोली मैले खाने दाल भातै  गजल  भयो !!
 सबै भन्छन आज भोलि त त ...गजलकार भइस !
त्यसैले ल त लाग्छ अचेल मेरो जातै गजल भयो !!
 

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई