कोसी पारी (गीत)

कोसी   पारीको  सुन्दर  गाउँमा    पिरती   ला'को    छु !
तिमीलाई भेट्न ए मेरी  प्रिय   म   आउने   भा'को   छु !!


पोहोरको साल म आ'को थिए कोशी को   बाध   फुट्यो !
तिमीलाई भेटने त्यो सालको सपना बाढ़ी मा नै  टूटयो !!
यो साल त प्रिय म आउछु आउछु यो  मेरो   बाचा   भो !
म तिम्रो निम्ती धुप बत्ती बाल्न देविथान   धा'को  छु !!

सूनगावा   जस्ती   सयपत्री   जस्ती   जुनेली   उजेली !
दिलमाया मेरी  यो   दिलमा    बस्ने   पहेली   पातली !!
उस्तै पो छ  की  गालाको  कोठी  डंडीफोर  बड्यो  की !
धपक्क बल्ने त्यो  लाली  रुपमा  बैश  पो  चड्यो  की !!

आएन   भनी    यो   निस्ठुरी   ले    बिर्सियो     नभन !
मेरो  पनि  त  उही हाल  भा'छ    मन   छामी   हेरन !!
अव   त  प्रिय  दुई  मुटु  हाम्रो  एक   हुने   भा'को   छ !
चखेवा  जस्तो  हाम्रो   जोड़ीलाई  दैव   ले   जुरा'  छ !!

स्वर/संगीत  : एटीआर लिम्बू

रचना : नवराज पोखरेल "पाखेली"  

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई