गीत

नफुलेकै  राम्रो  तिमी  बनमाराको  बिचमा  सानु !
नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !!


घोची दिन्छ्न कडेतारले पीड़ा दिन्छ्न  घरी  घरी !
मन भित्र   घाऊ  बोकी  बाच्नु  पर्छ    जुनी  भरी !!
नगएकै राम्रो  तिमी  फेवा राराको  बिचमा  सानु !
नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !!

आँखा अगी फूल दिन्छ्न पछि पछि छुरा धस्छ्न !
निस्ठुरी भै बेहिमानी भै पापी हरु दिलमा बस्छन !!
नउदाकै  राम्रो  तिमी  जुनताराको  बिचमा  सानु !
नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !!

थाहां छैन  तिमीलाई   यहाँ    कती   घात   हुन्छ !
जसले गर्छ घात यहाँ  उसकै  ठुलो   बात    हुन्छ !!
नभरेकै पानी  मिठो  सुनधाराको  बिचमा  सानु !!
नआएकै राम्रो तिमी ज्यानमाराको बिचमा सानु !!
(पाखेली ......पौष १९ २०६७ )

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई