गजल

दोबाटोमा    कुराउने    जाली    मायालु ! 
रूपकी राम्री तर दिलकी काली मायालु !!

परेलीमा थूनी राख्छु भन्दै कसम खाने !
तर गयौ मनमा अर्कै    हाली  मायालु !!

बिहे गर्नु पर्छ मेरो घरमा आउनु भन्थेउ !
पर्खेकीछु  भन्थेउ  बत्ती  बाली  मायालु !!

तिमीले छाडी गएपछि म त पागल भा'छु !
दुनिया   ले  बजाउछ्न   ताली   मायालु !!

हुर्कदैथ्यो तिम्रो पेटमा हामी दुईको नासो !
तर तिमी गयौ त्यसलाइ फाली  मायालु !!


कती धेरै माया गर्थे   आफुलाइनै   बिर्सी !
भन्थे तिमी फूल  म  त  माली   मायालु !!

मलाई धोका दिइ तिमी खुसी मनाईराख !
एक दिन आउछ मेरो पनि पाली मायालु !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई