भमराझै नाचू जस्तो (गीत)

भमराझै   नाचू  जस्तो  फूल  संगै  हासूं  जस्तो
कस्तो चंचल भयो मन................................
बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..)


तिमी आयौ बतास सरी मेरो मनको दैलो खोली
गढ़ीरह्यो मुटु भित्र तिमीले बोल्ने  मिठो  बोली
यतै  कतै साँचु जस्तो  तिमी  संगै  बाचु  जस्तो
कस्तो चंचल भयो मन................................
बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..)


जुनेलीको   जून   बनी    पिरतीको    धुन    बनी
तिमी   बग्यौ   मै   भित्र   अजम्बरी   खुन   बनी
हिमाल माथि चढ़ाऊ जस्तो संगै अगी बढौ जस्तो
कस्तो चंचल भयो मन................................
बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..)


दुई मुटु एक  धड़कन  लाग्छ  मलाई  स्वर्ग  सरी
तिम्रै आस्था  विस्वास ले  अगाल्छहै   घरी  घरी
बैशालुयो मात कस्तो दिलमै तस्बीर टासु जस्तो
कस्तो चंचल भयो मन................................
बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..)


मेरो   हेर्ने   ऐना   बने   तिम्रा   ती   दुई   आँखा
तिमी मेरो हिमाल पहाड़ तिमिनै हौ  भीर  पाखा 
ख़ुशीको भाषा कस्तो  गीत  बनाई  गाउ  जस्तो 
कस्तो चंचल भयो मन................................
बढ्यो बढ्यो यो दिलको धड़कन (मुटुको धड़कन..)

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई