हेर्दा हेर्दै

हेर्दा  हेर्दै  कान्छी  नानी  बैश  उर्ली  आयो !
जवानीलाई कान्छी नानी खडेरीले खायो !!


जता पानी उतै तिर तिर्खा धाउछ भन्छन !
जीवनमा एक पटक बैश आउछ  भन्छन !!
पानी मिठो मुलको भन्छन तिर्खा लागे खानी
तिमी मेरी सानी कान्छी  दुई आँखाका नानी....

पीपल पाते ओंठ तिम्रो गाजलुती आँखा !
बारुली छ कम्बर त्यो सुरिलो छ भाका !!
मोती दन्त खोली तिमीले हास्ने राम्रो बानी 
मन मिलेसी  किन  फेरी  गर्छौ  आनाकानी....


फूल राम्रो गुराश भन्छन जोवन राम्रो लाली !
डोली लीइ आउला लिन तिमीलाई एसपाली !!
बनाएर राख्छु  तिमीलाई  हिर्दय  की  रानी 
पाईदैन माया  लाउन  मान्छे  छानी  छानी....



Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई