फरक फरक ( गजल )

गाउँ एउटै ठाउँ एउटै  तर्ने   खोलि   फरक      फरक !
देश एउटै भेस एउटै बोल्ने बोलि     फरक    फरक !!
आफन्त झैँ माया   मोह    संगालेर    राखौ   साथी !
भोलि हामी जानु पर्छ हाम्रो टोलि   फरक   फरक !!
तराई पहाड हिमाल मधेश  नेपाली   को घर साथी !
रिति रिवाज उस्तै उस्तै तर डोली   फरक   फरक !!
चन्द्र सुर्य    झन्डा   हाम्रो    लालिगुरास  पहिचान !
हामीले लाउने दौरा सुरुवाल अनि चोली फरक फरक !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई