गजल

मुटु भरी हामी सबले देशको माया  भर्नु   पर्छ ! 
आई परे हामी सबले देशको निम्ति मर्नु पर्छ !!

स्वाधीनता हाम्रो निम्ति  चन्द्र   सूर्य   झण्डा !
मातृभूमि जोगाउन  हामी   अगी  सर्नु   पर्छ !!

आइलागे हामी  पनि  जाइलाग्नु  पर्छ  साथी !
तस्तै  परे  मेची  अनी  महाकाली  तर्नु  पर्छ !!

नेता जती भ्रस्ट भए आफ्नै निम्ति मात्र  लड़े !
देशको निम्ति हामीलेनै अब कही  गर्नु  पर्छ !!

चलखेल गर्ने मैदान  हैन  प्यारो   हाम्रो  देश !
चारैतिर उन्नतिको बिऊ हामीले   छर्नु  पर्छ !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई