गजल

लेख्दा लेख्दै हिजो आज मेरो    हातै    गजल    भयो !

साथी भाई संग गर्ने     मेरो     बातै     गजल     भयो !!
जहाँ जौऊ उतै तिर      पिरती     को      हावा    चल्छ !
बगैचा मा फुल्ने फुल अनि    पातै     गजल     भयो !!
मोहनी त्यो मुस्कान ले छाती   भित्र     डसे       पछी !
सोमरश हैन प्रित को मिठो   मातै     गजल     भयो !!
जता ततै किन होला शायेर हरुको    भिड      अचेल !
आज भोली मैले खाने दाल    भातै     गजल     भयो !!
सबै भनछन आज भोलि त त    गजलकार     भइस !
त्यसैले ल त लाग्छ अचेल मेरो जातै गजल भयो !!

See More

Comments

Popular posts from this blog

मुक्तक

पहिले मुन्नी बदनाम भई