गजल

हाम्रो देश    प्रचण्ड र  झलनाथ   को    पेवा  हैन !
मन लाग्दैमा ताछी खाने बजार को मेवा हैन !! 
ख़बरदार   बाबुराम    रामचंद्र     माधव    खड्ग !
नेपाल हो बिदेसिको आशीर्वाद र    टेवा    हैन  !! 
आत्मा  साक्षी राखी हेर नेपाली को पाप  लाग्ला !
देश हो यो मन लागी पौड़ी   खेल्ने   फेवा   हैन !!
एकै भाषा    एकै    धर्मं   नेपाली    को   पहिचान !
 कामी दमई सार्की मगर बाहुन छेत्री नेवा हैन !!
भन्छौ होला    हामी  सबै   जनताका   सेवक  हौ !
यो     त    निरंकुशताहो   नेपालको   सेवा   हैन !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई