गजल

चिरीएको मुटु मेरो    फेरी   किन    चिर्नु   पर्यो !
बिर्सीएर गा की तिमी किन फेरी फिर्नु  पर्यो !! 
घरी घरी आउदा जादा चोट झन बल्जिदिन्छ !
पिरिति को ऋण हो यो फेरी किन तिर्नु पर्यो !!
सम्झनानै छैन भनी हिड़ने गर्छौ आज   भोली !
बिर्सीएको मान्छे लाई   फेरी   किन  पिर्नु  पर्यो !!
यदी   माया   थियो   भने   मुटु  भरी    संगालेर !
मलाई छाडी अर्कै  संग किन उता  छिर्नु पर्यो !!
तिमी धोकेबाज     रहेछौ  तेहि  भएर  दुनियामा ! 
तिम्रै कारण पखेली ले आफै संग गिर्नु पर्यो !!

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई