गजल

हाम्रो    माया       साउनको    उर्लियको    भेल    रै'छ !

यस्तो लाग्यो माया प्रिती भन्नु पनि खेल रैछ !!
हुरी जस्तै उडाइ    लाने     भुमरीमा      रम्नु     पर्ने !
मिलन हैन पिरती त ठुलो जाल      झेल    रै ' छ !!
चोखो माया भन्नु मात्र माया भन्नु झुटको खेति !
मन मुटु लाइ कैदी पर्ने प्रेम त ठुलो जेल रै 'छ !!
बिस्वाश का बस्ति हरु   बिवासताले   उजाड भयो !
संसार मै    पिरतियो     मेल    हैन    बिमेल    रै 'छ !!




Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई