गजल

युद्ध थियो वर्षासँग तर श्रवण हारिदियो
जुनी जुनी रुने अंश मेरै भागमा पारिदियो ।।
विश्वाशका वाँधहरुले नहर बनाए थेँ
भत्काएर नहरको जगै नाश पारी दियो ।।
कोमलता भन्ने भाव कहाँ देख्न पाइन्छ र
मनभित्रको उत्साहलाई  तिर हानी मारी दियो ।।
निष्ठुरीको काल पनि किन हेर्दै रुवाइमा
पिडा माथी अझ पिडा कस्तो रोग सारिदियो ।।
हरे दैव ! रुँदै बाँचौ पिडा वोकी कतिञ्जेल
विश्वाश र आस्था हरु सबै सबै हारिदियो ।।

Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई