(कविता) उ मानक्रुत मानव

एउटा आकृति

कालो ...सेतो दो छायामा ...
मानव जस्तै लाग्ने
तर ...फरक
उ मानव
तर अलि पृथक
कहिले रुन्छ
कहिले कराउछ
कहिले आतिन्छ
आफ्नो परिचय खोज्दै
उ आहत छ
उशमा अलिकत्ति आशा छैन
तर पनि उ आसावादी छ
उ आफ्नो अस्त्तित्यो खोज्दै छ
आफ्नो भरिएको प्राण मा
लादिएको मस्तिस्क मा
उ निस्पाप छ ..पाप रहित
तर पनि उ बन्दि छ
बिना तारको जन्जिरमा ...
उ मानव बाट सृजियको मानव
भयानकता बाट निर्मित बस्तु
उ चल भयर पनि अचल छ
तरल भयर पनि ठोश छ
उ तेज भयर पनि निस्तेज छ
उशमा चेतना छ
तथापी उ अचेत मनको भाषा बोल्छ
उ रुप नभयको स्वोरूप
उ भाषा बिनाको बोलि
उ किस्सा बिनाको कथा
उ करुण अनि बिस्मयावादी
उ मानक्रुत मानव
उ माथि लादिएको बैभव
लाग्छ आज पनि उस्लाई
हिटलर ले यहुदी बनाउदैछ
उ निरिह ...आफ्नो पन बिहिन
एउटा स्टाचु जस्तै
उ मानक्रुत मानव !!!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई