बुद्ध तिमी आऊ

अशान्ति छ जताततै  बुद्ध शान्ती    छर्न   आऊ !
दुखेको यो नेपाल लाई मलम पट्टी गर्न आऊ !!
किन होला आफ्नै बिच आफ्नोपन   छैन  यहाँ !
आफ्नै बिच रहेको यो बैरी भाव    हर्न   आऊ !!
अझै पनि काटमार ह्त्या हिंशा    उस्तै   नै छ !
बिबेकहीन    मानवको    सतबुद्दी    भर्न    आऊ !!
आज भोली   तिमीलाई   भारत लान्छु भन्छन !
हुन्न त्यस्तो बुद्ध हाम्रो    भागमा   पर्न  आऊ !!
तिम्रै   नामले चीनीएका छौ   नेपाली   हौ   भनी !
मेची देखी महाकाली संगै    संगै   तर्न   आऊ !!


Comments

Popular posts from this blog

गजल

मुक्तक

पहिले मुन्नी बदनाम भई